**अस्माकम् संस्कृत माला**
प्रथम: भाग:
(साधारण विद्यालयका लागि)
**कक्षा ६**
Page x4
**लेखक**
डा. मातव भट्टराई
श्रीमती 'कान्ता भट्टराई
**प्रकाशक**
श्री ५ को सरकार
शिक्षा मन्त्रालय
**पाठ्यक्रम विकास केन्द्र**
सानो ठिमी, भक्तपूर, नेपाल
(c) सर्वाधिकार प्रकाशक र मुद्रकमा
संस्करण: पहिलो; २०५१ (परीक्षणका रूपमा)
दोस्रो: २०५२ (परिमार्जित रूपमा)
तपाईंले किनेको पुस्तकमा छपाइ प्रविधिसम्बन्धी
कुनै चुटि फेला परेमा अधिकृत वितरक साझा अथवा
स्थानीय विक्रेताबाट उक्त पुस्तक साट्न सक्नुहुनेछ ।
ज. शि. सा. के. लि.
मूल्य रु. १४।९०
मुद्धक: जनक शिक्षा सामग्री केन्द्र लिमिटेड
सानो ठिमी, भक्तपुर
पुस्तकका सम्बन्धमा
शिक्षालाई व्याबहारिक जीवनमा समयसापेक्ष बनाई विद्यार्थीहरूमा राष्ट्रियता,
राष्ट्रिय एकता, सार्वभैमिकता, बहुदलीय प्रजातान्जिक मान्यता अनुरूपको भावना विकास
गराउने र इमानदरी एवं नैतिकता जस्ता आधारभूत मानवीय गुणहरूको विकास गराई
सामाजिक जीवन यापनका लागि आवश्यक ज्ञान र सीप हासिल गराउने उद्देश्य अनुसार
विद्यालय स्तरका पाठ्यक्रम, पाठ्यपुस्तकहरूको विकास गर्ने प्रक्रिया चालू रहिआएको छ ।
समयसमयमा यिनमा देखिन आएका कमीकमजोरी हटाई समयानुसार अद्यावधिक गरी
संशोधन र परिमार्जन गर्ने कार्य भइरहेका छन् ।
यसै क्रममा शिक्षालाई बढी प्रभावकारी र व्यावहारिक बनाउन बर्तमान राष्ट्रिय
सन्दर्भमा पाठयक्रम, पाठ्यपुस्तकमा व्यापक सघार गरिएको छ । तदनुरूप कक्षा ६ का नयाँ
पाठ्यक्रम र पाठ्यपुस्तक २०५२ देखि लागू गरिएका छन् ।
यस पाठ्यपुस्तकको सल्लाह एवं परिमार्जन कार्यमा लोकेन्द्रमान प्रधान, सागरनाथ
उप्रेती,चेतोनाथ आचार्य, माधवशरण उपाध्याय, श्रीकृष अधिकारी र डा. भूपहारि पौडेलको
संलग्नता थियो भने सम्पादन कार्य शम्भुप्रसाद डाहालले गर्नभएको छ । रूपंसज्जा र दृष्टान्त
चित्र निर्माण टार्जन राई र शान्तमान बज्राचार्यले गर्नुभएको हो ।
बी पाठ्यपुस्तकहरू आफैँमा पूरा होइनन् । शिक्षण सिकाइ उपलब्धिमा थी धेरै
साधनहरू मध्ये प्रमुख साधन हुन सक्छन् । यसैले यसको मुख्य प्रयोगकर्ताका रूपमा
शिक्षक, विद्यार्थी, अभिभावक हुन् भने त्यस्तै शिक्षा प्रशासक, निरीक्षक, सम्बद विज्ञहरू पनि
पृथक् रहन सक्तैनन् । पाठ्यक्रम र पाठ्यपुस्तकहरूको निर्माण र सुधार कार्य निरन्तर रूपमा
चलिरहने प्रक्रिया भएकाले अब पनि यसैसँग सम्बद्ध सबैले पाठ्यपुस्तकमा देखिन आएका
कमी, कमजोरी जस्तै-विषयवस्तु, भाषिक शुङता, कमिकता, विद्यार्थी र शिक्षक दुबैका लागि
स्तर सुहाउँदो सरल, रोचक, अभ्यास पक्षमा सिर्जनात्मकता जस्ता पक्षलाई दृष्टिगत गरी
रचनात्मक सुझावका लागि यो केन्द्र सधैं आशा एवं विश्वास गर्दछ ।
पाठ्यक्रम विकास केन्द्र
सानो ठिमी, भक्तपुर
लेखकको भनाइ
नेपाली जनजीबनमा व्याप्त संस्कृतको प्रभाव र यसको उपादेयता हृदयङ्गम गरी
साधारण वि्यालयतर्फ कक्षा ६, ७ र छ मा १० अङ्कको अनिवार्य संस्कृत समावेश गरिएको
छ। यसबाट भाषाको सामान्य परिचय हासिल गरी यसका कतिपय विशेषता बुझ्न सघाउ
पुग्ने विश्वास गरिएको छ ।
संस्कृत सबैको साझा भाषा हो । राष्ट्रभाषा नेपाली र अनेक राष्ट्रिय भाषाहरूमा
असको प्रत्यक्ष प्रभाव छ । सबैले यसबाट केही न केही सिक्न सकिन्छ । त्यसैले भविष्यमा
भाषासाहित्यका क्षेत्रमा अध्ययन-अनुसन्धान गर्न चाहने विद्यार्थीहरूलाई पूर्वाधार तयार गर्न
समेत यसले सहयोग पुन्याउने आशा राखिएको छ ।
प्रस्तुत पुस्तक कक्षा ६ का निम्ति तयार गरिएको छ । यसमा प्रचलित शब्दको ज्ञानका
साथै सरल वाक्य रचनामा विशेष जोड दिइएको छ । भाषा-शिक्षणका सीप- सुनाइ, बोलाइ,
पढाइ र लेखाइका माध्यमले संस्कृतप्रति विद्यार्थीको अभिरुचि जागोस् भन्ने मनसायले
व्यावहारिक पक्षलाई अङ्गीकार गरी लेखिएको यस पुस्तकमा उपयोगिताका आधारमा
विषयवस्तुको छनौट गरिएको छ । वर्णविन्यासमा सन्धिलाई प्राथमिकता नदिई सम्ला शब्द नै
प्रयोग गरिएको छ । जस्तै:- "अर्थ राम:" को सट्टा "अयम् राम:", "इद फलमस्ति" को सट्टा
“इदम् फलम् अस्ति" गरिएको छ । यसबाट संस्कृतमा नवप्रवेशीहरूलाई केही सुविधा पुग्ने
देखिन्छ ! यसैकारणले यहाँ डिक्चनको प्रयोगमा खास जोड नदिई सामान्य निर्देशमात्र
गरिएको छ ।
पाठ्यसामग्रीलाई बढी उपाद य र ग्राहय गराउन अभ्यासलाई प्रशस्त ठाउँ दिइएको
छ । प्रत्येक पाठका अन्त्यमा “निर्देशन” उपशीर्षक दिई भाषिक र व्याकरणीय सूचना सन्दर्भ
छोटकरीमा उपस्थापित गरिएको छ । यस निर्देशनले मूलत; शिक्षकवर्गलाई महत पुन्याउने
अपेक्षा गरिएको छ भने विषयवस्तुमा गहिरिन चाहने विद्यार्थीलाई समेत सहायता दिने आशा
राखिएको छ । सुधारको प्रक्रिया चाली नै रहने हुँदा यस पुस्तकलाई आफ स्तरीय, उपयोगी
र रोचक बनाउन सम्बद्ध सबै क्षेत्रका महानुभावहरू र विज्ञ पाठकहरूबाट उचित सुझाउ
प्राप्त भएमा यसका बुटि र कमजोरी हटाई सुधार गर्दै लैजाने प्रतिवङ्ता व्यक्त गर्दछौँ ।
डा, माधव भट्टराई
-श्रीमती कान्ता भट्टराई
### विषयसूची
[सरस्वती-वन्दना १](#1)
[प्रथम: पाठ: (शब्दज्ञानम्) ३](#3)
[द्वितीय: पाठ: (शब्दज्ञानम्) ७](#7)
[तृतीय: पाठ: (शब्दज्ञानम्) ११](#11)
[चतुर्थ: पाठ: (शब्दज्ञानम्) १५](#15)
[पञ्चम: पाठ: (शब्दज्ञानम्) १९](#19)
[बप्ठ: पाठ: (सरलवाक्यानि) २३](#23)
[सप्तम: पाठ: (सरलवाक्यानि) २८](#28)
[अष्टम: पाठ: (वाक्यज्ञानम्) ३३](#33)
[नबम: पाठ: (मानव-शरीरम्) ३९](#39)
[दशम: पाठ: (बाक्य-ज्ञानम्) ४३](#43)
[एकादश: पाठ: (आदर्श-शिक्षा) ५२](#52)
[ड्वादश: पाठ: (संवाद:) ५२](#52)
[त्रयोदश: पाठ: (लुब्धो बक:) ५६](#56)
[चतुर्दश: पाठ: (ईशन-स्तुति:) ६१](#61)
[पञ्चदश: पाठ: (विजयादशमी) ६४](#64)
[पोडश: पाठ: (राजरषि: जनक:) ६८](#68)
[सप्तदश: पाठ: (उपायवलम्) ७२](#72)
[अष्टादश: पाठ: (उपदेशपद्धम्) ७७](#77)
[उनविश: पाठ: (बार्तालाप:) ८०](#80)
[विश: पाठ: (उपदेश-पच्चम्) ८४](#84)
[एकविंश: पाठ: (अनुशासनम्) ८७](#87)
[द्वाविश: पाठ: (हिमालय:) ९१](#91)
[त्रयोविंश: पाठ: (विद्या-महिमा) ९४](#94)
[चतुविश: पाठ: (संख्यावाचका: शब्दा:) ९९](#99)
[शब्दभण्डार: १०३](#103)
### सरस्वती-वन्दना
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी
हसवाहेनसंयुक्ता विद्यादान करोतु मे ।
अर्थ: वीणा र पुस्तक धारण गरेकी, हाँसको बाहनमा चढेकी, मैले देखिएकी
सरस्वतीले मलाई विद्या प्रदान गरून् ।
##### शब्दार्था
बीणापुस्तकघारिणी = बीणा र पुस्तक लिएकी बा धारण गरेकी
हंसवाहनसंयुक्ता = हाँसको वाहनले युक्त भएकी अर्थात् हाँसमा चढेकी
मया = मैलै
ष्टा = देखिएकी
मे = मलाई / मेरो
विद्यादानम् = विद्याको दान
करोतु = गरून्
प्रथमः पाठः
### शब्द-ज्ञानम्
शिवः Shiva घोटकः कपोतः
सूर्यः सिंहः मयूरः
शब्दार्थाः
शिवः = भगवान् शिव
घोटकः = घोडा
सूर्यः = भगवान् सूर्य, घाम
कपोतः = परेवा
सिंहः = सिंह
मयूरः = मुजुर
अभ्यासः
१. शुद्धम् उच्चारयत
सूर्यः, सिंहः, मयूरः, हंसः ।
२. अभ्यासपुस्तिकायाम् लिखत
शिवः, सूर्यः, घोटकः, हंसः ।
३. अर्थम् लिखत
घोटकः, हंसः, सिंहः, कपोतः ।
४. चित्रम् अवलोक्य शब्दम् लिखत ॥
५. परस्परम् उपयुक्तसम्हे मेलयत
अ” समूहः
(क) शिवः
(ख) सिंहः
(ग) हंसः
“आ” समूहः
(क) मयूरः
(ख) सूर्यः
(ग) घोटकः
६. शुद्धशब्दे (v) चिह्नम्, अशुद्धशब्दे (x) चिह्नम् दत्त
(क) शीवः
(ख) सूर्यः
(ग) सिंहः
(घ) मयूरः
निर्देशन
१ - भाषाशिक्षणका सीपहरू - सुनाई, बोलाइ, पढाइ र लेखाइमा
आरम्भदेखि नै ध्यान पु्याउन सके विद्यार्थी सहज ढङ्गले संस्कृत
सिक्तच्चन् । त्यसैले शिक्षकवर्गले यतापद्ट बेलैमा ध्यान दिनुपर्दछठ ।
यसका निम्ति पाठमा प्रयुक्त शब्दहरूको श्रवण र कथनका साथै पठन
र लेखनमा पनि जोड दिनुपर्दछ ।
२ - यस पाठमा सरल र विशेष प्रचलित अकारान्त पुलिङ्ग शब्दको प्रयोग
गरिएको छ । अभ्यासका क्रममा यी शब्दका साथै अन्य यस्तै शब्दको
प्रयोग गराउनु लाभदायक हुन्छ । जस्तैः- खगः, पुत्रः, मञ्चः, छात्र,
धर्मः, चन्द्रः, मार्गः आदि ।
### शब्द-भण्डार:
अगिन: = आगो ।
अङ्ग = काख । १, २, ३ आदि संख्या ।
अङ्गम् = अङ्ग, शरीर ।
अधिकम् = धेरै
अधिकरणम् = आधार, सप्तमी विभक्ति जनाउने एक कारक ।
अपादानम् = पञ्चमी विभक्ति जनाउने एक कारक ।
अभिनय: = नक्कल । नाटकमा गरिने हाउभाउ ।
अवलोकनम् = हेर्नु ।
अभिव्यञ्जकम् = बताउने, बुझाउने ।
अमृतम् = अमृत ।
अल्पविरामः = शब्द वा शब्दसमूहका पछिल्तिर लाग्ने एक चिह्न, कमा ।,) ।
अश्व: = घोडा ।
आकाशम् = आकाश ।
आधारभूतम् = आधार बा आडको रूपमा रहेको ।
आम्र = आँप
आविष्कार: = नयाँ कुराको खोजी, आविष्कार ।
आयतनम् = फैलावट । आकाशको परिधि । चार समकोण भएको क्षेत्र ।
आयातम् = बाहिरबाट ल्याइएको बस्तु । त्यस्तो बस्तु ल्याउने काम ।
आधारितम् = आधारमा रहेको ।
आसन्नकोण: = ज्यामितिमा एक कोणसँग जोडिएको अर्को कोण ।
उत्तरा = उत्तर दिशा ।
उत्पादनम् = उब्जाउनु ।
उत्साह: = जाँगर, हौसला ।
उद्देश्यम् = लक्ष्य, उद्देश्य ।
उपकरणम् = औजार, साधन ।
उपचारः = इलाज, सेवा ।
उपवनम् = बगैँचा
उपानत् = जुत्ता ।
उपाय: = जुक्ति, प्रयत्न ,
उपयोगिता = उपयोगी हुनु, उपयोगमा आउनु ।
उरूकम् = प्यान्ट ।
उपत्यका = पहाडको काखमा बसेको सम्म जमिन, ब्याँसी ।
उष्टः = उँट ।
ञ्तुः = मौसम । दुई-दुई महिनाको समय विभाजन 5वसन्त, ग्रीष्म आदि)
ओदन: = भात
ऐतिहासिकम् = इतिहासमा आधारित, इतिहाससम्बन्धी ।
औषधम्, = ओखती
कठिनम् = कडा, साह्रो, गाह्रो ।
कठोर: = कडा, साह्रो ।
कण: = ढुंगा, अन्न आदिको टुका । कनिका, पानीको थोपा ।
कथा = गञ्चमा लेखिएको आख्यानात्मक साहित्यिक विधा, कहानी ।
कदली = केरा ।
करणम् = साधन । तृतीया विभक्ति जनाउने एक कारक, करण ।
कर्गजम् = कागज ।
कविता = छन्द वा लयमा आधारित साहित्यिक विधा, काव्य ।
कवि = कवि ।
कक्षा = दर्जा, श्रेणी ।
कर्म, कार्यम् = काम ।
काल: = समय ।
कीटाणुः = सुक्ष्म कीरा, जसले रोग उत्पन्न गर्छ ।
कुक्कुटः = कृखुरो
क्रियापदम् = क्रिया जनाउने पद, क्रिया ।
कोण: = कुनु । दुई दिशाबाट आएका सरल रेखा जोडिने ठाउँ ।
खगः = चरो
गज: = हात्ती
गणितम् = संख्यासम्बन्धी विद्या, गणित, हिसाब ।
गन्धः = बास्ना
गर्दभः = गदाहा ।
गायकः = गाइने, गायक ।
गुणनम् = एक अडले अर्को अङ् गुन्ने काम, गुणा ।
गुणाः = गुणा गरिने संख्या ।
गोपालः = गोठालो ।
गोधूमः = गहूं
गोलाकारः = गोलो आकार भएको, बाटुलो ।
गोष्ठः = गोठ ।
गोष्ठी = सभा, गोष्ठी
ग्रामः = गां ।
घटः = घडा, गाग्रो ।
घाताङ्ः = गुणन गर्दा निस्केको संख्या, गुणनफल ।
चतुरः = चलाख, बाटो ।
चारित्रिकम् = चरित्रसम्बन्धी, चरित्रप्रधान ।
जनकः = जन्म दिने, बाबु ।
जननी = आमा ।
जन्मभूमिः = जन्मेको ठाउ वा देश, मातुभूमि ।
जातिः = समूह, जात, जाति ।
जिज्ञासा = जानने इच्छा ।
जीवनचक्रम् = चक्रजस्तो जीवन, बराबर परिवर्तन भडइरहने जीवनको क्रम ।
जीवनी = जीवनमा गरेका कामको विवरण, जीवनचरित्र ।
ज्यामितिः = सतहको क्षेत्रफल नाप्ने गणित, रेखागणित ।
ज्यामितीयम् = ज्यामितिसम्बन्धी ।
तक्रम् = मोही ।
तण्डुलः = चामल ।
तटम्, तटः = तीर, किनारा ।
तापः = = गर्मी ।
तापक्रमः = तातोपन घटने वा बदन प्रक्रिया ।
तारका = तारा।
तैलम् = तेल ।
दक्षिणा = दक्षिण दिशा । संमानका लागि दिने द्रव्य ।
दशांशः = दश खण्डको एक खण्ड ।
दीर्घः = लामो । उच्चारणमा बढी समय लारने स्वर ।
दुर्घटना = अपर्फट भएको नराम्रो घटना । हानि-नोक्सानी, विनाश ।
दोषः = खोट ।
द्वारम् = ढोका।
द्रीपः = टाप् ।
धरणिः, धरणी, धरा = पृथ्वी, धरती ।
धरातलम् = सतह, पृथ्वी ।
धान्यम् = धान ।
धार्मिकम् = धर्मसम्बन्धी, धर्मप्रधान ।
ध्वनिः = शब्द, आवाज । काव्यको आत्मा ध्वनि हो भन्ने साहित्यिक सिद्धान्त ।
नदी = नदी ।
नाम = नां ।
निबन्धः = कल्पनात्मक वा वर्णनात्मक साहित्यिक गद्य लेख ।
निपातः = व्याकरणमा एक प्रकारको अव्यय शब्द ।
नियमः = सवैले पालन गर्न व्यवस्था गरिएको सिद्धान्त, आचरणसंहिता, नियम ।
निरीक्षणम् = हेर्नु, निरीक्षण ।
निर्जीवः = जीव वा प्राण नभएको ।
नीतिः = कुनै समाज वा समूहका निम्ति तोकिएको आचरण, कार्य सम्पादन गर्दा अंगालिने, आधारभूत सिद्धान्त । नियम ।
नैतिकम् = नीतिसम्वन्धी, नीतिप्रधान ।
न्यायः = इन्साफ, न्याय । एक दर्शनशास्त्र ।
पदम् = शब्द, पद ।
पदयोगः = पदहरूको जोड वा मेल ।
पदसङ्गतिः = पदहरूको सङ्गति वा मेल ।
पदविच्छेदः, पदवियोग = पदहरू नजोडी लेख्नु ।
पदार्थः = पद वा शब्दहरूको अर्थ । देखन वा बुह्न सकिने
रूप, आकार भएको वस्तु ।
पद्यम् = छन्दमा रचिएका चार पाडको श्लोक, पद्य ।
पर्वतः = पहाड, पर्वत ।
पशुपतिः = पशुका स्वामी, पशुपतिनाथ ।
पश्चिमा = पश्चिम दिशा ।
पाचकः = भान्से ।
पाचनक्रिया = खाएको वस्तु पेटमै पकाउने क्रिया ।
पादवस्त्रम् = मोजा ।
पारदर्शकम् = घछर्लङ्ग देखिने, सफा ।
पारिवारिकम् = परिवारसम्बन्धी
पितामहः = हजुरवा ।
पितामही = हजूरआमा ।
पुराणम् = सृष्टिदेखिका सम्पूर्ण घटना बताउने ग्रन्थ ।
पितृव्यः = काका ।
पितृव्या = काकी ।
पूर्णविरामः = वाक्य पूरा भएपछि प्रयोग गरिने चिह्न ( । ) ।
पूजकः = पुजारी ।
पुत्री = छोरी ।
पृथ्वी, पृथिवी = भूमि, धरती ।
पोषणम् = पुष्ट गर्नु, पोसिलो पार्नु ।
पौराणिकम् = पुराणसंग सम्बन्धित ।
पूर्वा = पूर्व दिशा ।
प्रकारः = किसिम, भेद ।
प्रकाशः = उज्यालो । आलोक, ज्योति ।
प्रबन्धः = बन्दोबस्त, व्यवस्था । विचारप्रधान निबन्ध ।
परद्षणम् = दूषित पारनु । रोगव्याधि फौलाउने तत्त्व सर्नु ।
प्राकृतिकम् = प्रकृतिसम्बन्धी ।
प्रामाणिकम् = प्रमाण सम्पन्न ।
प्रवेशः = भित्र जानु, पस्नु । भरना हुनु ।
प्रवेशपत्रम् = परीक्षा आदिमा प्रवेश गर्ने अधिकार दिने प्रामाणिक कागज ।
प्राणी = प्राण भएको व्यक्ति वा जीव-जन्तु ।
प्रावारकम् = कोट ।
वबालश्रमः = केटाकेटीलाई मजद्रीमा लगाउने काम ।
विन्दुः = थोपा । शून्य । बिन्दु ।
बीजम् = बीउ ।
बीजगणितम् = अक्षर वा अड्कको प्रतीकट्रारा कुनै राशि पत्ता लगाउने
गणितको एक शाखा ।
भक्तम् = भात ।
भविष्यत् कालः = पचि हुने समय ।
भागः = चुट्याउनु, विभाजन । अंश, खण्ड । गणितमा कनै राशिलाई
खण्ड खण्डमा बांडने प्रक्रिया ।
भाजकः = भाग लिने संख्या ।
भाज्यम् = भाग लगाइने । भाजकले भाग गरिने संख्या ।
भिन्नम् = भांचिएको, टुक्रा पारिएको । सग्लो राशिलाई टुक्रा-टुक्रामा
वांडी निकाल्ने हिसाब ।
भूगोलः = गोलाकार भूमि, भूमण्डल ।
भूतकालः = वितेको समय ।
भौगोलिकम् = भूगोलसम्बन्धी ।
भौतिकम् = पञ्च महाभूत (पुथिवी, जल, तेज, वायु र आकाश) बाट बनेको वा त्यससंग सम्बन्धित ।
मञ्च = मेच
मठः = मठ ।
मधु = मह ।
मरुभूमिः = पानी नभएको सुखा जमिन या क्षेत्र ।
मसीधानी = मसी राख्ने भाँडो, मसिनी ।
महाद्रीपः = रलो टापू । पुराणमा पृथ्वीका जम्बू, प्लक्ष आदि सात विभाग ।
महिषः = राँगो ।
मांसम् = मासु
मांसपेशी = मासुको लोला, मांसपिण्ड । मासुको टुक्रा ।
मातुलः = मामा
मातुलानी = माइज् ।
माध्यमिक = मारको ।
माध्यमिक-विद्यालयः = प्राथमिक र निम्न माध्यमिकभन्दा माथिल्लो, उच्च माध्यामिक भन्दा तल्लो तहको (९-१० कक्षाको) विद्यालय ।
मार्गः = बाटो ।
मासः, मासम् = महिना ।
मिश्रणम् = मिसाउन्, मिसावट ।
मुद्रा = रुपियां, सिक्का ।
मुहूर्तः = एक क्षण । सादत ।
मृत्तिका = माटो ।
मेघः = बादल ।
युतकम् = कमीज, सर्द ।
योगः = जोड, मेल ।
योगफलम् = जोडदा निस्कने अङ्क ।
रजकः = धोबी ।
राजधानी = मुख्य सहर, राष्ट्रिय सदरमुकाम ।
राजमुकटम् = राजाको शिरपेच ।
राशिः = थुप्रो, समूह । अङ्क या संख्या । मेष, वृष आदि राशि ।
रूपकम् = एक प्रकारको दृश्यकाव्य, एकलाई अर्कोमा आरोप गर्दा पर्ने एक अलङ्कार ।
रूपान्तरम् = अर्कौ रूप । एक रूपवाट अर्कोमा लैजानु, अनुवाद गर्नु ।
रेखा = धर्को, डोरो । आकार । रूप ।
रेखागणितम् = रेवाको माध्यमले सिद्धान्त प्रतिपादन गरिने गणितको एक भेद ।
रेखात्मकम् = रेखा भएको ।
रेखाङ्कनम् = रेखा अङ्कित गर्नु, खाका तयार पार्नु ।
रोगः = शरीरमा हुने विकृति, व्यथा, बिमारी ।
लक्ष्यम् = उदेश्य ।
लाभदायकम् = लाभ वा फाइदा पु्याउने, लाभप्रद ।
लिङ्गम् = स्वरी पुरुप छुट्याउने शरीरको चिह्न । लक्षण । व्याकरणमा
पुरुष, स्वरी र नपुंसकको भेद छुट्याउने शब्द भेद ।
वक्रः, वक्रम् = वाङ्गो ।
वृत्तम् = वाटुलो घेरा । बराबर दरीमा रही वरिपरि रेखाले घेरिएको क्षत्र ।
वैञ्ञानिकम् = विज्ञानसम्बन्धी ।
वैज्ञानिकः = विज्ञानको ज्ञाता वा प्रयोक्ता ।
वैद्यः = आयुर्वेदअनुसार रोगको उपचार गर्ने व्यक्ति ।
व्यायामः = शरीर स्वस्थ राख्न गरिने श्रम, कसरत ।
व्रतवन्धः = द्विजातिको एक संस्कार, उपनयन ।
शतांशः = सय खण्डको एक खण्ड ।
शय्या = ओदयान ।
शारीरिकम् = शरीरको, शरीरसम्बन्धी ।
शाटी, शाटिका = सारी ।
शिरस्त्रम् = टोपी ।
शेषः = वाकी रहेको वस्तु । गणितमा भाग गर्दा बचेको अङ् ।
ह = कालोपाटी ।
श्लोकः = छन्दमा रचिएको चार पाउको रचना, पद्य ।
संख्या = गणना, गन्ती, अङ्क ।
संयोगः = जोड, मेल ।
सभ्यता = सभ्य वा शिष्ट गुण वा भाव, उन्नति वा संस्कृतिको उच्च स्थिति ।
समकोणः = रेखागणितमा ९० अंश भएको कोण ।
समीकरणम् = ज्ञात राशिको मदतले अज्ञात राशि निकालने गणितीय प्रक्रिया ।
समुदायः = समूह, समाज ।
। सर्वनाम = नामको सट्टा आउने शब्द (अयम्, इयम्, इदम् आदि)
समतलम् = सम्म ठँ ।
संस्था = सार्वजनिक संगठन वा सभा, सङ्घ ।
संयोज्यम् = मिलाइएको वा मिलाउन योग्य ।
सजातीयः = एउटै जात वा वर्गको ।
सजीवः = जीव वा प्राण भएको, जिंदो ।
सरलीकरणम् = सरल बनाउने प्रक्रिया ।
सरलीकृतम् = सरलीकरण गरिएको
सर्पः = सर्प। 4
सहयोगः = मद्दत, सहायता ।
सहायकम् = सहायता गर्न, मद्दत पुग्याउने ।
सहायता = मदृ्दत, सहयोग ।
सांस्कृतिकम् = संस्कृतिसम्बन्धी ।
सामाजिकम् = समाजको, समाजसम्बन्धी ।
सामूहिकम् = समूहको, समुहसंग सम्बन्धित ।
साम्राज्यम् = धेरै साना राज्य गाभेर शासन गरिएको टूलो राज्य ।
साक्षी = घटनालाई प्रत्यक्ष देख्ने व्यक्ति, सादी ।
सीमितः = सीमाभित्रको, व्यापक वा टूलो दायरा नभएको ।
सुगन्धः = मीठो बास्ना, सुवास ।
सुरक्षा = राम्रो रेखदेख, बचावट ।
सूपः = दाल ।
सेविका = नोकर्नी ।
सौन्दर्यम् = सुन्दरता ।
सौर्य (र) मण्डलम् = सूर्यको प्रदक्षिणा गर्ने ग्रह-नक्षत्र आदिको समुदाय, सौरपरिवार
स्तुति: = प्रार्थना, स्तोत्र ।
स्थानीयम् = त्यसै स्थानको, स्थानसम्बन्धी ।
स्वयंसिद्धम् = आफैँ सिद्ध वा सफल भएको ।
स्वयंसेवक: = आफ्नै इच्छाले सेवा गर्ने व्यक्ति ।
स्रोत: = प्रवाह, मुहान ।
स्वास्थ्यम् = स्वस्थ वा निरोगी अवस्था, आरोग्य ।
स्वेदकम् = सुइटर ।
हरिण: = मृग ।
हानिकारकम् = हानि पुन्याउने ।
हस्व: = छौटो । व्याकरणमा थोरै समयमा उच्चारण गरिने मात्रा ।
क्षेत्रम् = खेत ।
क्षेत्रफलम् = गणितमा लम्बाइ र चौडाइको गुणाबाट निस्कने संख्या
त्रिकोण: = तीन सरल रेखाबाट बनेको समतल चित्र, त्रिभुज ।
त्रिभुज: = तीन सरल रेखा मिली बनेको कोण, त्रिकोण ।
ज्ञानेन्द्रियम् = विषयवस्तुको ज्ञान गराउने (नाक, कान, आँखा, जिभ्रो र
छाला यी पाँच) इन्द्रिय ।